भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।
भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो । पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ । आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो । डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए । धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए ।
उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन् ।
एक १० वर्षीय बालकको पनि उद्धार भएको छ । ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन् । त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ ।