विहानै प्रधानमन्त्रीको मौसम सम्बन्धी जानकारी, सुरक्षा निकायलाई निर्देशन

विहानै प्रधानमन्त्रीको मौसम सम्बन्धी जानकारी, सुरक्षा निकायलाई निर्देशन

आइतवार, साउन ४ २०८२
आइतवार, साउन ४ २०८२
  • विहानै प्रधानमन्त्रीको मौसम सम्बन्धी जानकारी, सुरक्षा निकायलाई निर्देशन

    मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। 

    images
    images

    मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आग्रह गर्दै सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन् । 

    फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न भनेका छन् । सुरक्षित स्थानमा रहन अनुरोध गर्दै सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय