मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्र तथा सेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । जीवन साथिको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउँन सकिनेछ । अतिथिको रूपमा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । तर पनि परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिदा उपलब्धिमूलक कामहरू गुम्नसक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घट्ना हुन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारको शिलशिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । उद्योग तथा शेयरबजारमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कलासाहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । तर पनि व्यास्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग बिवाद बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय राम्रो रहेकोले राम्रा काम गरि अरुको विश्वास जित्न सकिनेछ । धैर्यधारण गरि काम गर्नाले कामहरू समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै बिजय भईनेछ । स्कुल, कलेज, सेयरबजार बैंक तथा बित्तिय क्षेत्रको लगानी अथवा त्योसँग सम्बन्धित कामहरूबाट सन्तुष्टि हुन सकिनेछ । व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अतिथिको रूपमा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
वौद्धिक व्याक्तित्वहरूसामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैँतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने सेयरबजारबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तर, पनि यात्रा गर्दा वा ग्रामीण क्षेत्रमा कृषि सम्बन्धी काम गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । व्यापार तथा सेयरबजारमा लगानी गरि नाफा कमाउन सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्रस्थानमा आउनेछ । पढाई लेखाईमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । तरपनि राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरूको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो
सामाजिक तथा परोपकारी काममा मन जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । सेयरबजार तथा व्यापारमा लगानी गरि आम्दानी गर्न सकिनेछ । व्यापारमा गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेकोछ । तर पनि खानपान तथा मौसमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाइल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मेहम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविश्वास हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
उच्च तथा बिशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धाहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरि रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरि रोजगारिको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । बुधबार साझबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईको व्याहारले माया प्रेममा अविश्वास बढ्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साताको सुरु र अन्तको समय मध्यम रहेकोले ढिला सुस्ती तथा मनमा अशान्तिले दैनिक कामहरू प्रभावित हुनेछन् । पुर्ख्र्यौली सम्पति तथा भौतिक सम्पतिमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । राजनीति तथा समाज सेवामा जनताको काम गर्दागर्दै आलोचित हुनु पर्नेछ । तर पनि बिभिन्न क्रियाकलापमा भाग लिन सकिने तथा देश बिदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सेयर बजारमा लगानी बढाई नाफा कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउँनेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाइनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । राजनीतिज्ञ तथा समाजसेवीकका लागी समयले साथ दिनेछ । तर पनि आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । तर पनि लामो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । शिक्षा तथा बैंकिङ क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रसन्न हुनेछ । बुवा तथा अग्रजहरूको धन तथा सम्पत्तिको प्रयोग गरि आए आम्दानी बढाउन सकिनेछ । तर पनि स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको बिदेश यात्राको योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो रहेकोले बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार तथा सेयरबजारबाट प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरू पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्गे फाइदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । तर पनि व्याक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुहोला । आलस्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ ।