आज मिति वि.सं. २०८२ साल साउन ४ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, दशमी तिथी, बिहान १०ः४५ बजेपछि एकादशी, कृतिका नक्षत्र, आनन्दादिमा–धुम्र योग, चन्द्रराशि–वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा प्रशस्त नाफा कमाउने योग छ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। अल्प प्रयासमा पनि अध्ययन–अध्यापनमा सकारात्मक नतिजा देखिनेछ। व्यवसायमा समयमै काम सकिँदा नाम र दाम दुवै कमाइनेछ। वैचारिक स्पष्टता आवश्यक छ, सल्लाह लिएर निर्णय लिनु उत्तम हुन्छ। स्वास्थ्यमा कमजोरी र जोखिमपूर्ण कामले दबाब बढाउन सक्छ, आहारविहारमा ध्यान दिनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार, शेयर बजार र उद्योगमा लगानीबाट मनग्गे आम्दानी हुनेछ। विशेष अवसरमा उपहार प्राप्त भई उत्साह बढ्नेछ। इमान्दारिता र मेहनतले आत्मविश्वास बढ्नेछ। अध्ययन र ज्ञानमा प्रगति हुनेछ। प्रेम, मित्रता र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। यात्राबाट कामको सम्भावना खुल्नेछ। अप्ठ्यारा परिस्थिति पार गर्दै दीर्घकालीन फाइदा हुने योजना अघि बढ्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च बढे पनि शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीबाट लाभ मिल्नेछ। विदेश यात्रा वा वैदेशिक रोजगारीका लागि समय शुभ छ। मेहनतको उचित मूल्य पाइनेछ भने सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ। भौतिक साधन जुटाउने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार र कामप्रति उत्साह बढ्नेछ। चुनौती पार गर्दै दिगो लाभ दिने योजना कार्यान्वयन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शेयर बजार, बैंकिङ र पैतृक सम्पत्तिबाट आम्दानी बढ्नेछ। दिगो फाइदा हुने योजना सुरु गर्न सकिनेछ। दाजुभाइको सहयोगले सवारी र सम्पत्ति जोड्न सकिनेछ। सामाजिक सञ्जालबाट विचार प्रचार हुनेछ। नोकरी र पेशामा प्रशंसा पाइनेछ। अध्ययन र प्रतिस्पर्धामा प्रगति हुनेछ। नयाँ काम शुभारम्भ गर्न अनुकूल समय रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चन्द्रमाको प्रभावले व्यापार फस्टाउनेछ र वित्तीय लगानीबाट नाफा मिल्नेछ। रोजगारीमा स्थानान्तरणको सम्भावना छ भने समाजसेवा र कार्यकुशलताले प्रतिष्ठा बढ्नेछ। माया प्रेममा सामीप्यता गहिरिनेछ। तर हतारको निर्णयले समस्या ल्याउन सक्छ, गोपनीयता र सावधानी आवश्यक छ। प्रयास दोहोर्याउँदा मात्र सफलता मिल्नेछ, दीर्घकालीन लाभलाई प्राथमिकता दिनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा अध्यात्मिक व्यापार फस्टाउनेछ। शिक्षा, राजनीति र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। शेयर बजार र उद्योगमा सुझबुझपूर्ण लगानीले नाफा दिन्छ। प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बढ्नेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ। सवारी चलाउँदा सतर्क रहनुहोला। छोटो समयमा उल्लेख्य उपलब्धि प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा समय खर्चिए पनि आम्दानी सीमित रहन सक्छ। सवारी र भौतिक सम्पत्तिको प्रयोगमा सतर्क रहनुहोला। स्वास्थ्य, प्रेम र पारिवारिक सम्बन्धमा तनाव आउन सक्छ। पढाइमा समय दिएर मात्र सफलता मिल्नेछ। यद्यपि वित्तीय बजारमा लगानीबाट नाफा सम्भव छ। शुभचिन्तकको साथ र लगनशीलताले प्रतीक्षित कार्य पूरा गर्न सकिनेछ। नयाँ आशा जाग्ने समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवाद वा प्रतिस्पर्धामा अग्रता लिने समय हो। शत्रु परास्त हुनेछन् र पुरानो रोगबाट उन्मुक्ति मिल्नेछ। प्रेम, भेटघाट र मनोरञ्जनमा समय बित्नेछ। खर्च बढे पनि उपलब्धिमूलक काममा लगानी हुनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय हो। प्रतिष्ठित कामबाट नाम र दाम कमाइनेछ। स्वास्थ्य र फजुल खर्चप्रति सजग रहनुहोला। ज्ञान अद्यावधिक गर्न आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम सम्बन्धमा नजिकिने र रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ। साझेदारी वा एकल व्यवसायबाट आम्दानी बढ्नेछ। बैंक, वित्तीय क्षेत्र र शेयर बजारमा लगानी लाभदायक हुनेछ। पारिवारिक जमघट र मिठो भोजनको अवसर जुट्नेछ। यद्यपि फजुल खर्च र दबाबमा निर्णय लिनुपर्ला। आफन्त टाढिन सक्छन्, तर पढाइमा सफलता मिल्नेछ। सोचेर खर्च गर्नुहोला, लाभ स्थिर रहन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विवाद हुँदा पनि तपाईँको भनाइ स्वीकार गरिनेछ र न्यायिक निर्णय पक्षमा आउनेछ। आफन्त र मावलीबाट सहयोग पाइनेछ। पढाइमा सफलता हासिल हुनेछ र राज्यबाट पद प्राप्तिको योग छ। शेयर बजार र वित्तीय लगानीबाट नाफा कमाइनेछ। नयाँ कार्यशैलीले लोकप्रियता बढ्नेछ। कृषि र पशुपालनमा फाइदा मिल्नेछ। तर, उठेको रकम अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिक्षा र सम्बन्धित व्यवसायबाट मनग्गे धन आर्जन हुनेछ। बैंक तथा वित्तीय क्षेत्रमा जागिर र बढुवा सम्भावना छ। पढाइमा मन जाने र अध्ययनका लागि यात्रा हुने समय छ। प्रेम सम्बन्ध राम्रो रहनेछ र भौतिक उपहार प्राप्त हुनेछ। व्यापार, शेयर बजार र उद्योगबाट नाफा मिल्नेछ। प्रतिस्पर्धी पराजित हुनेछन्। गोपनीयता राख्दै मेहनत गरे भविष्य सुरक्षित हुनेछ। परिवारको सहयोगले सफलताको बाटो खुल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घर परिवारमा तिक्तता हल हुँदै राम्रो कामको अवसर आउनेछ। भौतिक वस्तु प्रयोगमा सावधानी अपनाउनू होला। हतारमा निर्णयले समस्या ल्याउन सक्छ। पढाइमा मन नलागे पनि वित्तीय लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। धर्मकर्म र परोपकारमा रुचि बढ्नेछ। व्यवसाय विस्तार र सामाजिक दायित्वमा सफलता मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ।