पोखरा / चीनको पश्चिमी प्रान्त सिछुवानको गान्जी तिब्बती स्वायत्त जिल्लाको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । गान्जी उच्च स्थानस्थित उपत्यका, हिउँले ढाकिएका पर्वत, ठुला घाँसे मैदान र घना जङ्गलका कारण प्रसिद्ध छ।
गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्टेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रमअन्तर्गत त्यहाँका तस्बिरहरूको गत बिहीबारदेखि यहाँस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ ।
सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेकाअनुसार चीनको नेपाल नेसनल पभेलियनको सहयोगमा गान्जीका २६ वटा तस्बिर समावेश छन् । गान्जीका तस्बिरको प्रदर्शनी ६ महिनासम्म रहने छ ।