धरान पुगेका खानेपानी मन्त्री यादवलाई मेयर हर्क साङपाङले समय नदिएपछि यस्तो भने

धरान पुगेका खानेपानी मन्त्री यादवलाई मेयर हर्क साङपाङले समय नदिएपछि यस्तो भने

शनिवार, साउन ३ २०८२
शनिवार, साउन ३ २०८२
  • धरान पुगेका खानेपानी मन्त्री यादवलाई मेयर हर्क साङपाङले समय नदिएपछि यस्तो भने

    धरान/ खानेपानी मन्त्री प्रदिव यादव धरान पुग्दा धरानका मेयर हर्क साङपाङले समय दिएनन् । मन्त्री यादव धरान पुग्दा मेयरले समय नदिइएपछि आफ्नो असन्तुष्टि पोखेका छन् । उनले खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । 

    images
    images

    उनले प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको भनेका छन्, तर, यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दुःखद् हो । 

    मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन गरिसकेको छ । 

    “धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ”, मन्त्री यादवले भने, “समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।” धरानका मेयर साङपाङले भने ॠण मागरे ल्याएको पैसा नलिने घोषणा सोसल मिडियामा जनाएका छन् । 

     

    हिजो धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा  मन्त्री यादवले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक रहेको बताए । 

    मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएको बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com