आज मिति वि.सं. २०८२ साल साउन ३ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, नवमी तिथी, आनन्दादिमा–ध्वांक्ष योग, चन्द्रराशि–मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्द व्यापारमा लाभका अवसर देखिँदैछन्। एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ भने आफन्तको सहयोगमा नयाँ योजना अघि बढ्न सक्छ। व्यवसायमा सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदाका काम गर्न सकिनेछ। नयाँ प्रस्तावहरू आउने छन्, पुराना सफलताले हौसला दिनेछ। केही उल्झन देखिए पनि पुनः प्रयासले सफलता मिल्ने आर्थिक संकेत देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक खर्च बढ्नेछ भने आर्थिक योजनाको कमीले समस्या निम्त्याउनेछ। वैदेशिक रोजगारी तथा विदेशी व्यापारमा अवसर राम्रो देखिए पनि घरायसी तथा आकस्मिक खर्चले बजेट अस्थिर हुन सक्छ। अपरिचितमाथि विश्वास गर्दा धोका हुने सम्भावना छ। फाइदाका लागि दोहोरो प्रयास आवश्यक छ। लगानी सोचविचारपूर्वक गर्नुपर्ला। आर्थिक व्यवस्थापनमा सतर्कता अनिवार्य रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित सम्पत्तिको उपयोग र प्राकृतिक स्रोतको परिचालनबाट आम्दानी बढ्नेछ। थोरै लगानीमै मनग्गे लाभ हुने सम्भावना छ। व्यापार, कृषि तथा पशुपालनबाट निरन्तर आय प्रवाह हुनेछ। सवारी खरिद, मनोरञ्जन र यात्रा सम्भव हुनेछ। मिहिनेतले राम्रो प्रतिफल दिनेछ भने दिगो फाइदाका काम प्रारम्भ गर्न सकिनेछ। आर्थिक स्थायित्वतर्फ स्पष्ट प्रगति देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्मानित काम र मेहनतको फलस्वरूप व्यापारमा आम्दानी बढ्नेछ। परिवारको सहयोगले आर्थिक अवस्था सुदृढ बन्नेछ भने रोकिएका काम पुनः अघि बढ्नेछन्। पढाइ, प्रतिस्पर्धा र सामाजिक योगदानबाट मान–सम्मान पाइनेछ। पदाधिकारीसँग सम्बन्ध सुदृढ हुनेछ। जीवनशैलीमा सुधार आउँदै दिगो आम्दानी र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चन्द्रको शुभ प्रभावले धार्मिक र शैक्षिक यात्राका अवसर बढ्नेछन्। पूजा तथा धार्मिक व्यापारमा लाभ हुनेछ भने राज्य नजिक काम गर्नेले आर्थिक फाइदा पाउनेछन्। प्रविधिको प्रयोगले जनसम्पर्क विस्तार हुनेछ। बुद्धिको प्रयोगले आंशिक लाभ मिल्नेछ, तर बाधा पनि आउनेछ। समयअनुसार अघि बढ्दा भविष्यमा नयाँ आर्थिक सम्भावना खुल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हल्लाको पछि लाग्दा दुःख हुने सम्भावना भएकाले सत्य बुझेर निर्णय लिनु उपयुक्त हुनेछ। अनावश्यक यात्रा र खर्च बढ्न सक्छ, स्वास्थ्यमा समस्या देखिन सक्छ। प्रेम र पारिवारिक सम्बन्धमा अविश्वासले टकराव ल्याउन सक्छ। चुनौतीबीच पनि अवसर खोज्ने समय हो। सजग रहँदा जटिल काममा पनि अप्रत्याशित धन लाभ र आंशिक सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक रमाइलो, मिष्ठान्न भोजन र प्रेममैत्रीपूर्ण वातावरणले दिन सुखद रहनेछ। सानो लगानीमै व्यापारमा लाभ हुनेछ भने साझेदारीबाट पनि आम्दानी बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ, रोकिएका काम अघि बढ्नेछन्। भौतिक साधन जुट्ने, नयाँ योजनातर्फ आकर्षण हुने समय हो। वादविवादबाट टाढा रही मिहिनेतले छोटो समयमा आर्थिक फाइदा लिन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवाद र प्रतिस्पर्धामा एक कदम अगाडि रहन सकिनेछ। बुद्धिको प्रयोगले प्रतिष्ठा जोगिनेछ भने शत्रुहरू परास्त हुनेछन्। खर्च बढे पनि उपलब्धिमूलक कार्यहरू सम्पन्न हुनेछन्। अध्ययन र प्रयोगात्मक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन्, स्रोतसाधन जुटेर दिगो आम्दानीको आधार तयार हुनेछ। हिम्मत र पुरुषार्थले जटिल कामसमेत सम्पन्न हुने समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकस्मिक धन, उपहार वा चिट्ठाबाट लाभ हुने सम्भावना छ। प्रेम, दाम्पत्य र पारिवारिक सम्बन्ध सुमधुर बन्दै जाँदा सन्तानको साथले उत्साह थपिनेछ। विद्यामा उत्कृष्ट नतिजा र पुरस्कार प्राप्त हुनेछन्। सञ्चार र प्रविधिमा सफलता मिल्नेछ भने व्यापारमा फाइदा हुनेछ। यद्यपि केही योजना रोकिन सक्छन्, तर धैर्य र लगनले उपलब्धि हात पर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा तय हुने र व्यापारबाट राम्रो आम्दानी सम्भावित छ। माया प्रेम र धार्मिक गतिविधिमा मन रमाउने समय छ। आर्थिक लगानीबाट लाभ मिल्नेछ तर नयाँ लगानीबाट जोगिनु उचित हुन्छ। राजनीति र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मेहनतले काम सफल हुनेछ। साझेदारीमा समस्या आउन सक्छ, अतः निर्णय सोचेर लिनुहोस्। हतारमा योजना सार्वजनिक नगर्नु राम्रो हुन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामबाट मनग्गे आम्दानी हुने समय छ। साथीभाइ र शुभचिन्तकको सहयोगले रोकिएका काम पुनः सुरु हुनेछन्। धार्मिक र समाजसेवामा मन लाग्नेछ भने नोकरीमा मान–सम्मान बढ्नेछ। प्रतिस्पर्धामा अग्रस्थान रहने र परिवारका आकांक्षा पूरा हुनेछन्। मिहिनेतले व्यापारमा लाभ र प्रतिस्पर्धीको सहयोग पनि प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खाद्यान्न र होटल व्यवसायबाट मनग्गे आम्दानी हुनेछन्। निर्माण सामग्री, गरगहना र औषधी व्यापारमा वृद्धि हुनेछ। प्रेम र मनोरञ्जनका लागि समय अनुकूल छ भने अध्ययन र लामो यात्रा पनि सम्भव छ। सञ्चित धन बढ्नेछ र आफन्तसँग आत्मीयता बढ्नेछ। खर्चमा सावधानी अपनाउनु पर्छ, विशेष गरी कर्जा र उधारोमा चनाखो हुनुपर्छ। विवादास्पद कामले केही समस्या ल्याउन सक्छ।