रौतहट / नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ । उनको काठमाडौँको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
अन्नपूर्ण न्यूरो अस्पतालले आलमको अहिले स्वास्थ सुधारन्मुख रहेको जानकारी दिएको हो । अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ ।
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन् । लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ ।
यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७ ः०० बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
उनको शारीरिक रगत तथा एमआरआइ जाँच पश्चात उनलाई मस्तिष्कघात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ ।
राजपुर बमकाण्डको अभियोगमा आलम ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहा भएका हुन् ।