ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको पार्वती माध्यमिक विद्यालयलाई सहयोग

ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको पार्वती माध्यमिक विद्यालयलाई सहयोग

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको पार्वती माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौँ / ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एक कार्यक्रम गरेको छ। 

    images
    images

    उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरूव्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् । 

    शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । 

    उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

    ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्‍याइने प्रतिबद्धता व्यक्त गरे । 

    साथै, विद्यालयका  प्रमुख व्यक्तिहरूले ईसेवा मनि ट्रान्सफरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त समेत गरे । 

    वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका–९ मा अवस्थित पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् ।

    साथै, सीटीईभीटी बाजुराबाट मान्यता प्राप्त यस  विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्।

    सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय