डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव बोहराको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव बोहराको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव बोहराको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ / परशुराम नगरपालिकाका डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत अहेब रमेश बोहराको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पुष्टि भएको छ । 

    images
    images

    प्रमाणपत्र छानबिनका लागि परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा बोहोराले परशुराम नगरपालिका, जोगबुडा, डडेल्धुरामा राष्ट्रसेवकको रूपमा अहेब पद पाउने उद्देश्यले अ।हे।व। ओहदारपद पाउने उद्देश्यले झुट्टा÷नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको हो । 

    बोहोराले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रकको कार्यालय, भक्तपुरबाट जारी भएको सामुदायिक चिकित्सा सहायक तहको झुट्टारनक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहेबको रूपमा २०७७ भदौ ११ गते नियुक्ति लिएका थिए । 

    हालसम्म बहाल रहेको उनले शैक्षिक योग्यताको झुट्टा प्रमाण–पत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय