प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार, च्याम्पियनहरु तयार पार्ने लक्ष्य

प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार, च्याम्पियनहरु तयार पार्ने लक्ष्य

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • प्रेसिडेन्सियल ग्राजुएट स्कूल नेपाल प्रिमियर लिगको आधिकारिक शैक्षिक साझेदार, च्याम्पियनहरु तयार पार्ने लक्ष्य

    काठमाडौं /  प्रेसिडेन्सियल ग्राजुएट स्कूलले नेपालको चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपिएलसँग ऐतिहासिक साझेदारी घोषणा गरेको छ । 

    images
    images


    प्रेसिडेन्सियल ग्राजुएट स्कूल सन् २०११ देखि शैक्षिक क्षेत्रमा प्रेरणा र नवप्रवर्तनको लागि परिचित एक प्रमुख शैक्षिक संस्था हो ।
    नेपाल क्रिकेट संघका सचिव परस खड्का र प्रेसिडेन्सियल ग्राजुएट स्कूलका अध्यक्ष लक्ष्मण केसीले हस्ताक्षर गरेका थिए ।

    एमओयू मार्फत एनपिएलको आधिकारिक शैक्षिक साझेदार बन्दै मैदान भित्र र बाहिर च्याम्पियनहरु तयार गर्ने सोच भएको पिजियसले आफ्नो प्रतिबद्धतालाई विज्ञप्तिमार्फत बताएको छ । 


    बिजनेस, टेक्नोलोजी र डाटा साइन्सेसजस्ता विविध शैक्षिक कार्यक्रमहरूमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने पिजियस र समग्र क्रिकेट जगतलाई प्रवर्द्धन गर्ने उदेश्य सहित अगाडि बढेको भनेको छ । 
    एनपिएल बीचको यो सहकार्यले नेपाली क्रिकेटको इतिहासमा एक नयाँ अध्याय रचेको विज्ञप्तिमा उल्लेख छ । 

    दुबै पक्षबाट उपस्थित विशिष्ट व्यक्तिहरुको अगुवाईमा प्रेसिडेन्सियल ग्राजुएट स्कूल, थापागाउँमा सहकार्यको  औपचारिक घोषणा गर्दै एमओयूमा हस्ताक्षर गरिएको थियो । 

    यो सम्झौता प्रतिभाहरूलाई प्रेरित गर्न र शिक्षा प्रदान गर्नको साथै खेलको महत्त्वपूर्ण भूमिकालाई प्रवर्द्धन गर्ने साझा उद्देश्यले गरिएको  भनिएको छ । 

    प्रेसिडेन्सियल ग्राजुएट स्कूलमा केके विषय अध्यापन हुन्छ ?

    प्रेसिडेन्सियल ग्राजुएट स्कूलले आर्टिफिसियल इन्टेलिजेन्स एण्ड मेशिन लर्निङ, साइबर सेक्युरिटी, डाटा एनाल्टिक्स, सप्लाई चेन मेनेजमेन्ट, मल्टिमिडिया  टेक्नोलोजिज, अन्त्राप्रनोर्सिप, डिजिटल मार्केटिंग र अन्य विभिन्न क्षेत्रबाट माग गरिए बमोजिम अमेरिकी स्नातक र स्नातकोत्तर डिग्री कार्यक्रमहरू प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय