साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ५२ रुपैयाँ

साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ५२ रुपैयाँ

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, अधिकतम ५२ रुपैयाँ

    काठमाडौँ / साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । उक्त बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणले असोज २३ गते स्वीकृत गरेको हो ।

    images
    images

    साविक महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न बीमालेखहरुमा प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

    कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ४६ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

    यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

    यता कम्पनीले महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस्तै, महालक्ष्मी बालबचत जीवन बीमा योजनामा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ३० रुपैयाँ १६ वर्षदेखि २१ वर्ष अवधिको लागि ३३ रुपैयाँ र २२ वर्षदेखि २५ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनदसदर कायम गरेको छ ।

    महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३२ रुपैयाँ कायम गरेको बताएको छ । त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ । यस बीमा योजनाका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com