बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । 

    images
    images

    बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरे ।

    सो अवसरमा अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बीमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बीमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे ।

    प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भाग लिन प्राधिकरणबाट यसअघि आयोजित बीमा सर्भेयर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा अनलाइन सब्मिट गरेका थिए ।

    सर्भेयरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरूलाई बीमा सर्भेयरको इजाजत प्रदान गरिनेछ ।

    अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमल प्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय