मेट लाइफले ल्यायो मोबाइल एप्स ‘वान’, अब बीमा सम्बन्धी सबै सेवा बीमितको मुठ्ठीमै

मेट लाइफले ल्यायो मोबाइल एप्स ‘वान’, अब बीमा सम्बन्धी सबै सेवा बीमितको मुठ्ठीमै

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • मेट लाइफले ल्यायो मोबाइल एप्स ‘वान’, अब बीमा सम्बन्धी सबै सेवा बीमितको मुठ्ठीमै

    काठमाडौँ / जीवन बीमक मेट लाइफ इन्स्योरेन्सले मोबाइल एप्स ‘वान’ सार्वजनिक गरेको छ। होटल मेरियटमा आयोजित भव्य समारोहका बीच मेट लाइफले नयाँ सुविधा सहितको एप्स सार्वजनिक गरेको हो । बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकै ठाउँबाट बीमा सम्बन्धी सबै सेवा लिन सक्ने भएका छन् ।

    images
    images

    यो एप्समार्फत् बीमितले घरमै बसीबसी स्वास्थ्य बीमालेख खरिद गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। थ्रीसिक्टी हेल्थ सेवा अन्तर्गत मेटलाइफले एउटै बीमालेख अन्तर्गत विभिन्न परिक्षणहरू, चिकित्सकीय परामर्श, औषधी उपचार, अस्पताल भर्ना लगायतको सेवा उपलब्ध गराएको छ।

    यसबाहेक अन्य जीवन बीमालेख खरिद गर्नका लागी बीमितले प्रस्ताव फारम भर्न सक्ने सुविधा पनि एप्समै दिइएको छ। यस्तै, बीमितले सूचीकृत स्वास्थ्य संस्थाको चिकित्सक चिकित्सकीय परामर्शका लागी समय लिने सुविधा समेत एप्समार्फत् मेट लाइफले उपलब्ध गराएको छ। बढीमा दुई कार्य दिनभित्र चिकित्सकसँग भेटघाटको समय सुनिश्चित गरिने मेट लाइफले जानकारी दिएको छ।

    यता बीमितले मोबाइल एप्समार्फत रगत परिक्षण, दिशापिसाब परिक्षण, ज्वरो, कलेजो परिक्षण लगायतका ५० प्रकारका परिक्षण सेवा घरमै बसी बसी लिन सक्ने सुविधा दिएको छ। यो सुविधा अन्तर्गत बीमितले आफूले चाहेको परिक्षणका लागी एट होम मेडिकल टेष्ट सुविधा अन्तर्गत घरमै बसेर जाँच गराउन सक्ने सुविधा रहेको मेट लाइफले जानकारी दिएको छ। यो सुविधाका लागी मेट लाइफले मान्यता प्राप्त प्रयोगशाला र चिकित्सकसँग व्यवसायीक सम्झौता गरेको छ।

    मेट लाइफमने एप प्रयोग गरी बीमितले आवश्यक परेका बेला मोबाइल एप्समार्फत् नै सम्बन्धित अस्तपालसँग सम्पर्क गरेर एम्बुलेन्स बोलाउन सक्ने सुविधा समेत एप्समा उपलब्ध छ।

    यस्तै, एप्सभित्र रहेको माइ लाइफ कार्ड प्रिभिलेजका माध्यमबाट बीमितले विभिन्न स्वास्थ्य संस्था, प्रयोगशाला र चिकित्सकको क्लिनिकमा उपचारका क्रममा सेवा शुल्कमा विशेष छुट प्राप्त गर्न सक्छन् । न्यूनत्तम ३ हजार रूपैयाँ वार्षिक बीमाशुल्क भुक्तानी गर्ने बीमितले ७ लाख रूपैयाँ बराबरसम्मको यस्तो सुविधा पाउने कम्पनीले जानकारी दिएको छ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठले सूचना प्रविधिको अधिकत्तम प्रयोगबाट बीमितलाई चौबीसै घण्टा सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘वान’ मोबाइल एप्स सार्वजनिक गरिएको जानकारी दिए ।

    उनले नियामकीय स्वीकृती प्राप्त गरेर भावी दिनमा मोबाइल एप्स र अनलाइन प्लेटफार्ममा अझै धेरै र परिस्कृत सेवाहरु उपलब्ध गराउने प्रयास जारी रहेको बताउँदै प्रस्तावित डिजिटल बीमालेख निर्देशिका कार्यान्वयनमा आएपछि बीमा सेवाको प्रवाहमा महत्वपूर्ण कोसे ढु‌ंगा हुने विश्वास व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय