नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, असोज १० गते बुक क्लोज गर्ने

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, असोज १० गते बुक क्लोज गर्ने

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने, असोज १० गते बुक क्लोज गर्ने

    काठमाडौँ / नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो ।

    images
    images

    प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर जारी गर्न भदौ २९ गते स्वीकृति दिएको हो ।

    उक्त स्वीकृति अनुसार भदौ ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ ।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब एक करोड २३ लाख रुपैयाँ छ । प्रस्तावित २५ प्रतिशत हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ क करोड रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीको तुलनामा बढी हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय