प्रि ओपन सेसनमा रिलायबल नेपाल लाइफको कतिमा भयो पहिलो कारोबार ?

प्रि ओपन सेसनमा रिलायबल नेपाल लाइफको कतिमा भयो पहिलो कारोबार ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • प्रि ओपन सेसनमा रिलायबल नेपाल लाइफको कतिमा भयो पहिलो कारोबार ?

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको हो।

    images
    images

    सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘आरएनएलआई’ संकेतमा सेयर कारोबार खुला भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको थियो।

    कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

    कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको मूल्य रेञ्ज पाएको थियो। सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

    नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। यस अवधिसम्म कम्पनीको सेयर ३.७८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०५ रुपैयाँ पुगेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय