काठमाडौँ / हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुका लागि नयाँ बोनस रेट सार्वजनिक गरेका छन्। नियामक निकाय बीमा समितिको स्वीकृतिसँगै १३ कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरिसकेका हुन् ।
हालसम्म एसियन लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, साबिक प्राइम लाइफ, साबिक युनियन लाइफ, साबिक सानिमा लाइफ, मेट लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, साबिक सुर्या लाइफ, साबिक ज्योति लाइफ, रिलायबल नेपाल लाइफ र एलआइसी नेपालले आर्थिक वर्ष २०७८/७९ का लागि बोनसदर सार्वजनिक गरेका हुन्।
१३ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।
कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।
कम्पनीहरुले सार्वजनिक गरेको बोनसदर तालिकाअनुसार कम्पनीहरुले घोषणा गर्ने अधिकतम बोनसदर पाइने बीमालेख कम मात्रामा बिक्री हुने गरेको देखिन्छ। बीमितहरुको आकर्षण लामो अवधि र बढी बोनसदर भएका बीमालेखको तुलनामा कम अवधि र कम बोनसदर भएका बीमालेखमा नै देखिन्छ।
जीवन बीमा कम्पनीले बीमितलाई भुक्तान गर्ने प्रतिफललाई नै बोनसदर भनिन्छ। बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्नेछन्। कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरुलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था रहेको छ।
कुन कम्पनीमा कति छ बोनस रेट ?
१. साविक प्राइम लाइफ
साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेकोे छ ।
सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्षको लागि ३६ रुपैयाँ, र सो भन्दा माथि क्रमश बढ्दै ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । २५ वर्ष माथिको उमेर समूहको लागि कम्पनीले ९० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
२. नेसनल लाइफ
नेसनल लाइफ इन्स्योरेन्सले बीमितहरुका लागि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेकोछ। कम्पनीले सावधिक जीवन बीमा योजनामा ९ वर्ष सम्मका लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका लागि पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्ष वा सोभन्दा माथिकाले ८५ रुपैयाँ बोनसदर निधारण गरेको छ।
सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ र सोभन्दा माथिका लागि प्रतिहजार ८५ रुपैयाँ तोकेको छ।
त्यस्तै, सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मका लागि प्रतिहजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रतिहजार ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि प्रतिहजार ८५ रुपैयाँ र ३० वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ बोनसदर रहेको कम्पनीले जनाएको छ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रतिहजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रतिहजार ६४ रुपैयाँ, २० र सोभन्दा माथिका लागि प्रतिहजार ६४ रुपैयाँको दरले बोनसदर तोकिएको कम्पनीले जनाएको छ।
३. रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। जसमा रिलायबल सावधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ। साथै, रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
त्यस्तै, यता रिलायबल लघु सावधिक जीवन बीमा योजनाअन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिका लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ।
त्यस्तै, बीमा सीमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ। साथै, कम्पनीले रिलायबल सजिलो जीवन बीमा(एकल तथा सीमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुका लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ।
यता कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २४ रुपैयाँ बोनस कायम भएको छ। त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि प्रतिहजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ४० रुपैयाँ कायम भएको छ। कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।
यसका साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा ५ देखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ६० रुपैयाँ बोनस कायम भएको छ। त्यस्तै, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ। कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४४८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्। साथै, सावधिक तथा आजीवन बीमा योजना योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम गरेको छ।
यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै बिक्री गरेको छ। यस पोलिसी कम्पनीले ३ हजार ५५१ वटा बिक्री गरेको छ। जसमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन्।
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ तथा १६, १८ र २० वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ। त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रतिहजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
४. मेट लाइफ
मेट लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्षभन्दा बढि अवधिका लागि ८० रुपैयाँ बोनस निर्धारण गरेको छ। शिक्षा संरक्षण योजनामा १५ वर्षका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्षभन्दा बढीका लागि ८० रुपैयाँ बोनश दर कायम गरेको छ।
कम्पनीको सावधिक जीवन बीमा योजनामा सहभागी हुने बीमितले प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन्। जसमा १५ वर्षसम्म अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सोभन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन्। कम्पनीले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकिएको छ। जसमा १५ वर्ष अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सोभन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन्।
यस्तै अग्रिम भुक्तानी योजनाका बीमितले न्यूनतम ४५ देखि ६५ रुपैयाँ बोनस पाउने छन्। जसमा १५ वर्ष अवधिको बीमा योजनामा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ५५ रुपैयाँ र २१ वा सोभन्दा बढी अवधिका लागि ६५ रुपैयाँ पाउनेछन्। उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ।
५. सन नेपाल लाइफ
सन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुका लागि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले सर्वाधिक जीवन योजनामा न्यूनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० अधिकतमसम्म निर्धारण गरेको छ।भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) मा कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४०३ वटा बीमा योजना बिक्रि गरेको छ।
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर, सुनौलो सर्वाधिक जीवन बीमा योजनाअन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ निर्धारण गरेको छ।
त्यस्तै, सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले प्रतिहजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु९धनलक्ष्मी बीमा योजना समेत०यस बीमा योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २९ रुपैयाँ बोनसदर कायम गरेको छ।
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार २९ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ।
६. साबिक सूर्या लाइफ
साबिक सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना बीमितका लागि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। साबिक सूर्या लाइफ र ज्योति लाइफ गत वर्षमा मर्ज भई ‘सूर्यज्योति लाइफ’को नामबाट व्यवसाय गरे पनि आर्थिक वर्ष २०७८÷७९ का लागि साबिकका कम्पनीहरुले आ–आफ्नै बीमितलाई छुट्टाछुट्टै बोनस निर्धारण गरेका छन्।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो। कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन्।
यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्यूनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनसदर सार्वजनिक गरको छ। चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्यूनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासीपूजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ।
७. साबिक ज्योति लाइफ
साबिकको ज्योति लाइफ इन्स्योरेन्सले पनि आफ्ना बीमितहरुका लागि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले आफ्ना बीमितका लागि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ। सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म इन्स्योरेन्सले बोनसदर तोकेको छ। उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशकि अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ।
बीमा प्राधिकरणबाट अर्को बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत यही बोनसदर कायम हुने कम्पनीको भनाई छ।
८. साबिक युनियन लाइफ
साबिक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि आफ्ना बीमितहरुका लागि अधिकतम ७२ रुपैयाँसम्म बोनसरेट निर्धारण गरेको छ। कम्पनीले सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनाअन्तर्गत बीमा अवधिको आधारमा बिमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँसम्म निर्धारण गरेको छ।
साथै कम्पनीका बीमितले सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ९एकल० मा न्यूनतम २७ रुपैयाँदेखि ४२ रुपैयाँ, सीमित भुक्तानी सावधिक जीवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँ र सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम ४० रुपैयाँ देखि ७४ रुपैयाँसम्म बोनसदर पाउनेछन्।
यस्तै, बीमितले सीमित भुक्तानी सार्वधिक तथा आजीवन जीवन बीमा योजनाका सबै वर्षका बीमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनसदर पाउने भएका छन्। वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाअन्र्तगत बीमा अवधिको आधारमा न्यूनतम १९ रुपैयाँदेखि २७ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम २४ रुपैयाँदेखि ४१ रुपैयाँ बोनसदर पाउनेछन्।
यस्तै,जीवन आधार जीवन बीमा योजनामा ५० रुपैयाँ, जीवन उत्थान जीवन बीमा योजनामा र जीवन आवरण जीवन बीमा योजनामा ४० रुपैयाँ बोनस पाउनेछन्। उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ।
९. सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि आफ्ना बीमितहरुका लागि ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीका बीमितले अग्रमि भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन्।
यस्तै सावधिक जीवन बीमा लेख ९रेगुलर० मा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना ९सावधिक० बीमालेखमा न्यूनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन्।
वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथी योजना० मा न्यूनतम ३६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन्।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्तामूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ।
१०. आइएमई लाइफ
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म क्रमश रकम बढाउदै ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
११. एसियन लाइफ
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुका लागि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ निर्धारण गरेको हो।
कम्पनीले सावधिक तथा अजाीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। यस योजनामा २५ वा सोभन्दा माथिका बीमा अवधिमा प्रतिहजार ७५ रुपैयाँ बोनसदर पाइनेछ।
सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले यस बीमा योजनामा २५ वा सोभन्दा माथिका बीमा अवधिका लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम गरेको छ।
यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एसियन वार्षिक धनलाभ बीमा योजनामा प्रतिहजार न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर कायम भएको छ।
१२. एलआईसी नेपाल
एलआईसी नेपाल इन्स्योरेन्स कम्पनीले न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।
जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस तोकेको छ।
यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको हो।
यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ।
धनवृष्टि योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। त्यस्तै, धनफिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।
बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर प्रदान गर्नेछ। जविन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
यस्तै, लघु सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
१३. साबिक सानिमा लाइफ
साबिक सानिमा लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुका लागि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ।
कम्पनीले सावधिक जीवन बीमा योजनामा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ। ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।
त्यस्तै, सवाधिक जीवन बीमा योजना (एकल) योजनामा न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ। ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।
यसका साथै त्रिपल सवाधिक बीमा योजना योजनामा १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिका लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। साथै दम्पति सवाधिक बीमा योजनामा न्यूनतम १५ देखि १९ वर्ष अवधिका लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिका लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।
कम्पनीले सवाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।
अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षका लागि प्रतिहजार १९ रुपैयाँ र २० देखि २४ बर्ष अवधीको लागि प्रतिहजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।