सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले ३५ देखि ७० रुपैयाँसम्म पाउने

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले ३५ देखि ७० रुपैयाँसम्म पाउने

शुक्रवार, भदौ २२ २०८०
शुक्रवार, भदौ २२ २०८०
  • सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले ३५ देखि ७० रुपैयाँसम्म पाउने

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । कम्पनीले  सवाधिक जीवन बीमा (रेगुलर) योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । 

    १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    यस्तै, कम्पनीले सवाधिक जीवन बीमा (एकल) योजनामा न्युनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    यता, त्रिपल सवाधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    कम्पनीले दम्पति सवाधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    यस्तै, कम्पनीले सवाधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

    त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय