एक महिनामा साढे ९ हजार बढिले त्यागे १ अर्ब बढिको बीमा पोलिसी, कुन बीमा कम्पनीको कति ?

एक महिनामा साढे ९ हजार बढिले त्यागे १ अर्ब बढिको बीमा पोलिसी, कुन बीमा कम्पनीको कति ?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क हनुसार साउनमा ९ हजार ७ सय बीमितले १ अर्ब २८ करोड रुपैयाँ बीमालेख सरेन्डर गरेका हुन् ।

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • एक महिनामा साढे ९ हजार बढिले त्यागे १ अर्ब बढिको बीमा पोलिसी, कुन बीमा कम्पनीको कति ?

    काठमाडौँ / चालु अर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउन महिनामा साढे ९ हजार बढिले बीमा पोलिसी त्यागेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तथ्याङ्क अनुसार एक महिनामा ९ हजार ७९८ जना बीमितले १ अर्ब रुपैयाँ बढी सरेन्डर गरेका हुन् । साउनमा सञ्चालनमा आएका १४ कम्पनीका बीमितहरुले समय अगावै बीमालेख अर्थात बीमा पोलिसी सरेन्डर गर्दा १ अर्ब २८ करोड रुपैयाँ जीवन बीमा क्षेत्रबाटै बाहिरिएको हो । 

    गत आर्थिक वर्ष २०७९/८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । गत वर्ष १४ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको पोलिसी बन्द भएको हो । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । गत आवमा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो ।

    बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ । यो बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण पनि बीमा पोलिसी सरेण्डरको दर बढ्दो रुपमा रहेको छ । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेख (लाइफ इन्स्योरेन्स पोलिस) को सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ । 

    पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमा गरेको न्यूनतम ३ वर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइन्छ । यसअघि बीमा गरेको २ वर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक वर्षदेखि त्यसको न्यूनतम सीमा तीन वर्ष पुर्‍याइएको बीमा प्राधिकरणले जनाएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै, सन नेपाल लाइफको कम 

    चालु अर्थिक बर्षको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सरेन्डर सबैभन्दा धेरै देखिएको छ । एक महिनामै कम्पनीका ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर गरेका हुन् । साउनमा कम्पनीको सरेन्डर रकम ४७ करोड २३ लाख रुपैयाँ रहेको छ । 

    यस्तै, चालु अर्थिक बर्षको साउन महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सको सरेन्डर सबैभन्दा कम देखिएको छ । साउनमा सन नेपाल लाइफको १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् । 

    अन्य कुन कम्पनीको कति ? 

    नेपाल लाइफ इन्स्योरेन्स पछि दोस्रो सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको रहेको छ । साउन महिनाममा कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । 

    यता हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यस्तै, १ महिनामा सुर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । 

    यता, सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय