लघुबीमा कम्पनीः एक महिनामा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी, कुनको कति ?

लघुबीमा कम्पनीः एक महिनामा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी, कुनको कति ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • लघुबीमा कम्पनीः एक महिनामा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी, कुनको कति ?

    काठमाडौँ / लघुबीमा कम्पनीले चालु आर्थिक बर्ष २०८०/८१ को पहिले महिना अर्थात साउनमा साढे २६ करोडभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार चार लघुबीमा कम्पनीले (लघु जीवन बीमा कम्पनी २ र लघु निर्जीवन बीमा कम्पनी २) साउनमा २६ करोड ५० लाख रुपैयाँ बीमांक बराबरको बीमालेख जारी गरेका हुन् । गत आर्थिक बर्ष २०७९/८० को असारमा भने ती कम्पनीले ७ करोड ११ लाख रुपैयाँ बीमांक बराबरको बीमालेख जारी गरेका थिए । 

    बीमा प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । 

    लाइसेन्स बाँडेको ७ कम्पनीमध्ये चार कम्पनीले भने कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् ।

    प्राधिकरणका अनुसार साउनमा दुई लघु जीवन बीमा कम्पनीले १७ करोड ९४ लाख बीमांक बराबरको ४७४ ओटा बीमालेख जारी गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ साउनमा दुई बीमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ बीमांक बराबरको २५ ओटा बीमालेख जारी गरेका छन् ।

    कुन लघु जीवन बीमाको कति ? 

    चालु आर्थिक बर्षको पहिलो महिना साउनमा गार्डियन माइक्रो लाइफले १३ करोड २७ लाख ८० हजार रुपैयाँ बीमांक बराबरको ३५५ ओटा बीमालेख जारी गरेर ५ लाख ६८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै क्रेट माइक्रो लाइफ इन्स्योरेन्सले ४ करोड ६६ लाख ८६ हजार रुपैयाँ बीमांक बराबरको ११९ ओटा बीमालेख जारी गरेर १ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

    कुन लघु निर्जीवन बीमाको कति ? 

    चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार रुपैयाँ र प्रोटेक्ट माइक्रो इन्स्योरेन्सले ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छन् ।

    एक महिनामा नेपाल माइक्रो इन्स्योरेन्सले ६ करोड २४ लाख ५५ हजार रुपैयाँ बीमांक बराबरको १७ ओटा बीमालेख जारी गरेको छ । 

    यस्तै, प्रोटेक्ट माइक्रो इन्स्योरेन्सले २ करोड २० लाख ८ हजार रुपैयाँ बीमांक बराबरको ८ ओटा बीमालेख जारी गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय