काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले साढे १९ अर्ब भन्दा बढि कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्रधीकराण्ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । उक्त समयमा कम्पनीहरूले ८ लाख ३२ हजार ७५९ वटा बीमा पोलिसीहरू बिक्री गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै
साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । १ महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सन नेपाल लाइफको सबैभन्दा कम
चालु आर्थिक बर्षको पहिलो महिनामा सबैभन्दा कम कुल बीमा शुल्क आर्जन सन नेपाल लाइफ इन्स्योरेन्ले गरेको छ । १ महिनामा सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
अर्बमा कुल बीमा शुल्क आर्जन गर्ने ५ कम्पनीहरू
नेपाल लाइफ इन्स्योरेन्स पछि ५ कम्पनीले अर्बमा कुल बीमा शुल्क आर्जन गरेको छ । जस अनुसार राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ३४ करोड ३४ लाख, हिमालयन लाइफ इन्स्यारेन्सले १ अर्ब ९३ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ९२ करोड ५५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८० करोड ६८ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
अन्य कुन इन्स्योरेन्स कम्पनीको कति ?
चालु आर्थिक बर्षको पहिलो महिनामा एशियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ५७ करोड ९४लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।