साउनमा दुई लघुबीमा कम्पनीले भित्राए ९५ हजार व्यवसाय, कुनले कति ?

साउनमा दुई लघुबीमा कम्पनीले भित्राए ९५ हजार व्यवसाय, कुनले कति ?

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • साउनमा दुई लघुबीमा कम्पनीले भित्राए ९५ हजार व्यवसाय, कुनले कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा सञ्चालनमा रहेको दुई लघु निर्जीवन बीमा कम्पनीहरूले ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २५ वटा बीमा पोलिसी बिक्री गरी ९५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

    कुल बीमा शुल्क आर्जन 

    १ महिनाको अवधीमा नेपाल माइक्रो इन्स्योरेन्सले १७ वटा बीमा लेख बिक्री गरी ६३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको हो । यस कम्पनीले असार २८ गते भरतपुर केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

    त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले साउम महिनामा ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ । यस कम्पनीले ८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले गत साउन ११ गतेदेखि सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय